नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य
मेरोन्यूज
२०७९ भदौ २० गते १५:५३

काठमाडौँ । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ । नौरोवीस्थित जिमखाना रंगशालामा भएको खेलमा केन्याले २५५ रन बनाएको हो ।
एक दिवसीय क्रिकेटको तेस्रो खेलमा केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको हो । यसअघिका दुई खेलमा लगातार जित्दै नेपालले सिरिज जितिसकेको छ ।
केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई-दुई विकेट लिए । बसिर अहमद र शाहब आलमले एक-एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ ।
नेपालले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिता खेलिरहेको छ ।
सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया