चुनाव लागिसक्यो काठमाडौँमा बस्ने होइन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनभित्र संघ र प्रदेशसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।
अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।
‘अहिले हामी विभिन्न पार्टीसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ, यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौँ, त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ, हामीले सम्भव तुल्याउन चाहिरहेका छौँ,’ उनले भने ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले सिट बाँडफाँटलाई सम्भव बनाएर जाने बताएका थिए ।
उनले भने, ‘अब हामीेले चुनावमा लाग्नु छ, चुनावका लागि नै संगठन बनाउनु छ, संगठन परिचालन गर्नु पर्ने छ, अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन, अब बस्तीबस्तीमा जाने हो, त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन ।’
त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेलाई पार्टीको सदस्यता नदिने चेतावनी दिए ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया