निर्वाचनमा उम्मेदवार सिफारिस : जिउँदै मान्छे जलाउनेदेखि बलात्कारका आरोपीसम्म

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ । सरकारले घोषणा गरेको मिति अनुसार अबको साढे दुई महिनामा निर्वाचन हुने भएको हो ।
निर्वाचनको मिति नजिकिएसँगै चुनावी सगर्मी बढेको छ । नेताहरूलाई उम्मेदवारको लागि सिफारिस गर्ने बहावलाई हेर्दा निर्वाचन आइसकेको झल्को हुन्छ ।
दुवै चरणको निर्वाचन एकै दिन हुने भएकाले उम्मेदवारमा सिफारिस हुनेहरूको सूची लामै पुगेको छ । देशका ठूलादेखि साना दलहरूले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेका छन् ।
तर, निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै गर्दा दलले आफ्नो पार्टीका लागि वा चुनावमा पैसा खर्च गर्न सक्नेहरूलाई मात्रै सिफारिस गरेको देखाएको छ ।
दलले समाजमा राम्रो छवि भएकाभन्दा चुनावी खर्च जुटाउन सक्नेलाई उम्मेदवार भनाइरहँदा अपराधिक पृष्ठभूमिका उम्मेदवारहरू सिफारिस भएका छन् ।
गत भदौ १६ गते मात्रै नेपाली कांग्रेसले रौटहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जेलमा रहेका अफताव आलमलाई सिफारिस गरेको छ । नख्खु कारागारमा रहेका उनलाई जिउँदै मानिसलाई इँट्टा भट्टामा हालेर हत्याको अभियोगमा २०७६ साल असोज २६ गते पक्राउ गरेको थियो ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।
घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताव आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो । आमललाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
ººº
कांग्रेसले क्रुर हत्याको आरोपी आलमलाई मात्रै उम्मेदवारको लागि सिफारिस गरेका छैन । उसले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई समेत उम्मेदवारको लागि सिफारिस गरेका छन् । भ्रष्टाचारमा मुछिएका नेता पूर्वउपसभापति विजय कुमार गच्छदार हुन् । उनी प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका छन् ।
ललिता निवास प्रकरणमा मुद्दा लागेका वा आरोपी गच्छदारलाई कांगे्रसले सांसद बनाउन जोडबल गरिरहेको छ । उनलाई प्रतिनिधिसभाको सांसद बनाउन सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेता गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिलेपछि विशेष अदालतमा विचाराधीन छ ।
०४८ सालदेखि निरन्तर प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका गच्छदारविरुद्ध आयोगले २०७६ माघ २२ मा भ्रष्टातारको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै उनलाई सांसद सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो । भ्रष्टाचार जस्तो गम्भिर अपराधमा मुछिएका नेतालाई सांसद बनाउन शीर्ष नेतादेखि स्थानीय नेताहरु लागिपरेका छन् ।
ººº
यस्तै, नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा उनलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।
उम्मेदवारमा सिफारिस भएका बानियाँ जबरजस्ती करणीका आरोपी हुन् । उनीमाथि जबरजस्ती करणीको आरोप छ । जुम्लाकी ४० वर्षीया महिलाले आफूलाई होटेलमा बोलाएर सांसद बानियाँले जबर्जस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा बाँके प्रहरीले नेता बानियाँलाई गत १६ फागुनमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो ।
बानियाँले १९ माघमा नेपालगञ्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । ती महिलाले सांसद बानियाँविरुद्ध २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगञ्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन् ।
फागुन १६ गते पक्राउ परेका बानियाँ ७ दिनमै रिहा भएका थिए । पाँच लाख धरौटी मा उनी रिहा भएका हुन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँ ०७४ मा पीछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद बनेका थए ।
ººº
नेकपा एमालेले जबरजस्ती करणीको आरोप लागेको नेतासँगै अन्य अपराधिक पृष्टभूमि रहेका गुण्डा नाइकेहरूलाई समेत उम्मेदवारका लागि सिफारिस गरेको छ ।
एमालेले गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सांसद उम्मेदवारको लागि गुण्डा नाइके मिलन चक्रे उर्फ मिलन गुरुङलाई सिफारिस गरेको हो । गत भदौ १९ गते उनलाई क्षेत्रीय समितिले उम्मेदवारको लागि सिफारिस गरेको हो । गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएका आरोपमा पटक पटक पक्राउ परेका चक्र मिलन गुण्डा नाइकेका रुपमा परिचित छन् ।
ººº
यस्तै, कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिए ।
०७२ भदौ ७ गते मधेस–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए । यही घटनामा चौधरी मुछिएका थिए ।
घटनाका मुख्य आरोपी चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्म समर्पण गरेका थिए । त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन् ।
जेलमै हुँदा चौधरीले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएर स्थानीय निर्वाचनमा सहभागी भएको थियो । यस क्रममा उसको पार्टीले पहिलो निर्वाचनमै राम्रो मत परिमाण पाएको थियो । उनको दलले गत स्थानीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ का सबै स्थानीय तहमा जित हात पारेको छ ।
ººº

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया