आइतबार, पुष १३, २०८२

थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ भदौ २१ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३०० जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १२४ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ५९० जनामा परीक्षण हुँदा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ पुगेको छ ।

प्रतिक्रिया