आइतबार, चैत १, २०८२

बैंक अफ काठमाण्डूको कार्डबाट ईकमर्स कारोबारमा
क्यास ब्याक योजना

मेरोन्यूज २०७९ भदौ २१ गते १७:५३

काठमाडौँ । बैंक अफ काठमाण्डूले नेपालीहरूको महान चाडपर्व लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको कार्डबाहक ग्राहकले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवा खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा १० प्रतिशत वा अधिकतम् १५०० रुपैयाँसम्म फिर्ता पाउने छन् ।

यो योजना यही भाद्र २२ गतेदेखि सुरु हुने भएको छ । यस नगद फिर्ता योजनाअन्र्तगत बैंकको कार्डबाहक ग्राहकले नगदफिर्ताको लागि योजना अवधिभर तीन वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नु पर्ने छ । कारोबार रकम १० हजार वा सोभन्दा बढी हुन पर्ने छ ।

हाल बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया