बुधबार, माघ ७, २०८२

बैंक अफ काठमाण्डूको कार्डबाट ईकमर्स कारोबारमा
क्यास ब्याक योजना

मेरोन्यूज २०७९ भदौ २१ गते १७:५३

काठमाडौँ । बैंक अफ काठमाण्डूले नेपालीहरूको महान चाडपर्व लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डबाहक ग्राहकले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवा खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा १० प्रतिशत वा अधिकतम् १५०० रुपैयाँसम्म फिर्ता पाउने छन् ।

यो योजना यही भाद्र २२ गतेदेखि सुरु हुने भएको छ । यस नगद फिर्ता योजनाअन्र्तगत बैंकको कार्डबाहक ग्राहकले नगदफिर्ताको लागि योजना अवधिभर तीन वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नु पर्ने छ । कारोबार रकम १० हजार वा सोभन्दा बढी हुन पर्ने छ ।

हाल बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया