हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको शाखा थपियो

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति सर्लाहीको हरिवन नगरपालिका १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले उक्त शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन् । उक्त कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीको उपस्थिति थियो ।
०७९ असार मसान्तसम्म बैंकले एक खर्ब एक अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी एक अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको कूल शाखा संख्या १४७ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया