यसरी चिन्नुस् बेलायतकी प्रधानमन्त्री लिज ट्रसलाई

लन्डन । लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् । ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए ।
सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् । देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ । किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ ।
विवादबीच जुलाई महिनामा मन्त्रिपरिषद्का सदस्यहरुले एकपछि अर्को राजीनामा दिएपछि बोरिस जोनसनले पद त्याग्न बाध्य भएका थिए । जोनसनले पदत्याग गर्ने घोषणा गरेपछि नयाँ नेतृत्व छनोट गर्न सात साता लामो प्रक्रिया चलेको थियो ।
नयाँ नेतृत्वका लागि सुरुमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कन्जर्भेटिभ पार्टीका सांसदहरूले गरेको मतदानबाट प्रतिस्पर्धाको अन्तिम चरणमा ट्रस र सुनक छानिएका थिए । उनीहरूमध्ये एक जनालाई छान्न टोरी पार्टीका १ लाख ६० हजारले मतदान गरेका थिए । अधिकांश सांसदहरूको समर्थन सुनकलाई भए पनि पार्टीका सदस्यहरूले ट्रसलाई बढी रुचाएको विभिन्न मतसर्वेक्षणहरूले देखाएका थिए ।
विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन् । उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन् । सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीहरूले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन् ।
सन् २०१० मा संसदमा मात्र निर्वाचित भएकी ट्रस अपेक्षाकृत छोटो अवधिमा आफूलाई एक राजनीतिक शक्तिको रूपमा स्थापित गरिन् । उनले आफ्नो एजेन्डालाई अथक जोस र स्पष्ट उत्साहका साथ अगाडि बढाएकी छिन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया