लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रमा अब ५० प्रतिशत मात्रै

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा तथा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०७९–०८० देखि हुने विज्ञापनमा यो नियम लागु हुने जनाएको छ । संशोधित पाठ्यक्रम तथा अंकभारअनुसार राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णाङ्क साविकको ५० अंकको सट्टा ३० अंक कायम गरिएको छ ।
यस्तै, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र)मा उम्मेदवारले प्राप्त गरेको कूल अंक (प्राप्ताङ्क)को ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गर्ने भएको छ ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया