लोक सेवा आयोगले गर्यो अंकभारमा संशोधन, प्रथम पत्रमा अब ५० प्रतिशत मात्रै

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा तथा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०७९–०८० देखि हुने विज्ञापनमा यो नियम लागु हुने जनाएको छ । संशोधित पाठ्यक्रम तथा अंकभारअनुसार राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णाङ्क साविकको ५० अंकको सट्टा ३० अंक कायम गरिएको छ ।
यस्तै, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र)मा उम्मेदवारले प्राप्त गरेको कूल अंक (प्राप्ताङ्क)को ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रममा गणना गर्ने भएको छ ।









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया