रियलमीको ८२८ फ्यान फेस्टिबल आयोजना सम्पन्न

काठमाडौँ । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गर्यो । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराउनु थियो । ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो। कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए ।
कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, ‘यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं ।’
यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र ‘फोटो अफ द डे’ प्रतियोगिता रहेको थियो । जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी ३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया