अजोड इन्सुरेन्स र ई–बीमा बीच सम्झौता

काठमाडौँ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्सुरेन्स लिमिटेडवीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरको हुन् ।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्सुरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए । अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘हामी सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास गर्छौं र ई–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्घसँग खुसी र आशावादी छौँ ।’
सम्झौताअनुसार ई–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।
इ–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । ई–बीमाको सेवा गैर-जीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रूपमा संलग्न छ ।
ई–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ । अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेशेवरहरूद्वारा स्थापित र समर्थित इन्सुरेन्स हो ।
















बुधबार ९ अंकले घट्यो नेप्से, काराेबार रकममा पनि गिरावट
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया