स्वदेशमै गर्यौं अवसरको खोजी

काठमाडौँ । कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८ सय जनाले श्रम स्वीकृति लिएको देखाएको छ ।
तर, हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन् । जसको उदाहरण हुन् सञ्जिव स्याङ्तान । २४ वर्षीय उनी पेशाले को-अपरेटिभ फाइनान्स अड्भाइजर हुन् । उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :
तपाईले यहाँ काम गर्न थाल्नु भएको कति भयो ?
मैले यो क्षेत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई-डिजिटल नेपालमा चाहिँ विगत एक वर्षदेखि कार्यरत छु ।
तपाईले जागिर खोज्ने क्रममा के-के गर्नु भयो, त्यसको बारेमा पनि बताइदिनुहोस न ?
शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिने–जानेको सबैमार्फत काम खोजेँ। सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिइँन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ ।
कुमारी जबको बारेमा कसरी थाहा पाउनु भयो ?
मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ ।
कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?
कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग गर्यो । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो ।
कुमारी जबले तपाईंलाई अन्तर्वार्ता तयारीको लागि कस्तो सहयोग गर्यो ?
अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा सहयोग गर्नुभयो ।
कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु ।
कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँग–सँगै राम्रो जीवनशैली दिएको छ । र सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागि तयार बनाएको छ ।
तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ?
मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन ।
त्यसो भए अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु ।
यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केही भन्न चाहनुहुन्छ ?
मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु ।
वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ र यदि तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ भनेर पनि जानकारी दिन चाहन्छु ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया