बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनी
मेरोन्यूज
२०७९ भदौ २४ गते १८:२१

काठमाडौँ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्टसँगको साइनिङ्ग सेरोमोनी सम्पन्न भएको छ ।
उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन)का पूर्व अध्यक्ष तथा एड गुरु निर्मल राज पौडेलले भीआईपी क्लबको भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरी उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले हस्ताक्षर गरेका थिए । साथै उद्घाटित बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिइन् ।
श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदीबहिनी) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेका थिए । यस कार्यक्रमलाई भेस्पर वाइन र कर्मा लाउन्जले प्रायोजन गरेको छ।
सम्बन्धित















एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
मौसम पूर्वानुमान : यी प्रदेशका केहि क्षेत्रमा असिनासहित वर्षाको सम्भावना
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया