शाओमीले राख्यो शीर्ष स्मार्ट फोन कम्पनीको स्थान कायमै

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलिजअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिकसम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनुहुने एवम हाम्रो यात्रामा सहभागि हुनु हुने हाम्रा समस्त मी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरुप्रति हामी हार्दिक आभारी छौँ, तपाईंहरुको माया र साथ प्रति हामी नतमस्तक छौँ र हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पूरा गर्दै जानेछौँ ।’
रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टरस्थापना गरेको छ । हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ ।
नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ –साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया