उत्तर कोरियाद्वारा आणविक शक्ति नीतिसम्बन्धी कानुन जारी

काठमाडौँ । उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले शुक्रबार जनाएको छ ।
उक्त कानुनले उत्तर कोरियाले आणविक युद्धलगायत सबै प्रकारका युद्धको विरोध गर्ने र शान्तिपूर्ण विश्व निर्माण गर्न चाहेको उल्लेख गरेको छ । ‘उत्तर कोरियाको आणविक स्थिति विश्वसनीय, प्रभावकारी र परिपक्व आणविक प्रतिरोध, रक्षात्मक र जिम्मेवार आणविक शक्ति नीतिद्वारा प्रत्याभूत गरिएको छ,’ केसीएनएले उल्लेख गरेको छ ।
आणविक शक्तिसम्बन्धी उत्तर कोरियाको नीतिको उद्घाटन र आणविक हतियारको प्रयोगको कानुनी शर्तको उद्देश्य आणविक हतियार राष्ट्रबीच गलत अनुमान र आणविक हतियारको दुरुपयोगलाई रोक्दै आणविक युद्धको खतरालाई अधिकतम रूपमा कम गर्नु हो ।
आणविक शक्तिलाई ‘राज्यको रक्षा क्षमताको मेरुदण्ड’को रूपमा वर्णन गर्दै केसीएनएले भनेको छ, ‘उत्तर कोरियाले देश र जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने बाह्य आक्रमण र आक्रमणको सामना गर्न अन्तिम माध्यमको रूपमा आणविक हतियारको प्रयोग गर्ने आफ्नो मुख्य सिद्धान्तको रूपमा लिनेछ ।










कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया