उत्तर कोरियाद्वारा आणविक शक्ति नीतिसम्बन्धी कानुन जारी

काठमाडौँ । उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले शुक्रबार जनाएको छ ।
उक्त कानुनले उत्तर कोरियाले आणविक युद्धलगायत सबै प्रकारका युद्धको विरोध गर्ने र शान्तिपूर्ण विश्व निर्माण गर्न चाहेको उल्लेख गरेको छ । ‘उत्तर कोरियाको आणविक स्थिति विश्वसनीय, प्रभावकारी र परिपक्व आणविक प्रतिरोध, रक्षात्मक र जिम्मेवार आणविक शक्ति नीतिद्वारा प्रत्याभूत गरिएको छ,’ केसीएनएले उल्लेख गरेको छ ।
आणविक शक्तिसम्बन्धी उत्तर कोरियाको नीतिको उद्घाटन र आणविक हतियारको प्रयोगको कानुनी शर्तको उद्देश्य आणविक हतियार राष्ट्रबीच गलत अनुमान र आणविक हतियारको दुरुपयोगलाई रोक्दै आणविक युद्धको खतरालाई अधिकतम रूपमा कम गर्नु हो ।
आणविक शक्तिलाई ‘राज्यको रक्षा क्षमताको मेरुदण्ड’को रूपमा वर्णन गर्दै केसीएनएले भनेको छ, ‘उत्तर कोरियाले देश र जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने बाह्य आक्रमण र आक्रमणको सामना गर्न अन्तिम माध्यमको रूपमा आणविक हतियारको प्रयोग गर्ने आफ्नो मुख्य सिद्धान्तको रूपमा लिनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया