बिजबजार भव्य उत्सव : चाडबाडको उमङ्ग भव्य अफर्ससँग

काठमाडौँ । नेपाली सेवाग्राहीको प्रगाढ विश्वास तथा बिजबजारप्रति सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल भएको छ ।
नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै बिज बजार भव्य उत्सवू नामक योजना चाडबाडको उमङ्ग भव्य अफर्ससँग भन्ने नाराका साथ ल्याउने भएको छ ।
चाडपर्वमा सेवाग्राहीहरूले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले बताएको छ ।
बिजबजार भव्य उत्सवू अन्तर्गत सबै वर्गका सेवाग्राहीहरूले विभिन्न क्याटेगोरिजका सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू एवं बम्पर उपहारहरू समेत प्राप्त गर्न सक्ने छन् ।
कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्ने छन् । योजनाअन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।
बिजबजार भव्य उत्सवू का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेनिङ प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।















प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया