बुधबार, माघ ७, २०८२

बिजबजार भव्य उत्सव : चाडबाडको उमङ्ग भव्य अफर्ससँग

मेरोन्यूज २०७९ भदौ २७ गते १८:०६

काठमाडौँ । नेपाली सेवाग्राहीको प्रगाढ विश्वास तथा बिजबजारप्रति सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल भएको छ ।

नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै बिज बजार भव्य उत्सवू नामक योजना चाडबाडको उमङ्ग भव्य अफर्ससँग भन्ने नाराका साथ ल्याउने भएको छ ।

चाडपर्वमा सेवाग्राहीहरूले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले बताएको छ ।

बिजबजार भव्य उत्सवू अन्तर्गत सबै वर्गका सेवाग्राहीहरूले विभिन्न क्याटेगोरिजका सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू एवं बम्पर उपहारहरू समेत प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्ने छन् । योजनाअन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।

बिजबजार भव्य उत्सवू का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेनिङ प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया