एनआईसी एशियाको खातामा अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुरु भएको छ । यस बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकले नवीन सेवाको सुरुवात गरेको हो ।
अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहक महानुभावहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने छन् । यस सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने छ ।
त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने छन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया