सोमबार, चैत २, २०८२

नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

मेरोन्यूज २०७९ भदौ २९ गते १८:१०

काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाकोे साथ अरु विशिष्ठ अतिथिहरुको उपस्थितिमा नबिल जेन अल्फाको सार्वजनिक भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए । ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,’ पौड्यालले जानकारी दिए, ‘एपमार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्ने छन् ।’

एप सार्वजनिक कार्यक्रममा सीईओ ढुङ्गानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए । ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फा मार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ ढुङ्गानाले बताए, ‘बालबालिकाले यस एप मार्फत् खेल्दै पैसा बचत गर्न सिक्ने छन् ।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो । अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

कार्यक्रममा बैंकका बरिष्ठ डेपुटी सीईओ सुजित कुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई सम्बृद्ध बनाउने बचत खाता भएको बताए । ‘बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्नको लागि एपले सहयोगी भूमिका खेल्नेछ,’ शाक्यले थपे ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बाल दिवसको दिन बालबालिकालाई केन्द्रीत गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्वपूर्ण भएको बताए । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्पm उत्पे्ररित गराउनका लागि विशेष भुमिका निभाउनेछ भन्नेमा नबिल बैंकले पूर्ण विश्वास लिएको छ ।

जेन अल्फाको ब्राण्ड एम्बासडर पे्रन्सा रेग्मीले जेन अल्फाले आफूहरुजस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताए । बैंकका अनुसार यस योजना अन्र्तगत नबिल बंैकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा तथा बालबालिकाहरुलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको छ ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्ने छन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउनलोड गर्न सकिने छ । यस खातासम्बन्धि विस्तृृत जानकारी तथा नबिल जेन अल्फा एपको प्रयोग सम्बन्धि थप जानकारीका लागि नबिल बैकको वेबसाइट अथवा नबिल बैंकको कस्टुमर केयरको आधिकारिक नं. ०१५९७००१५ तथा नजिकको शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया