सोमबार, चैत २, २०८२

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

मेरोन्यूज २०७९ भदौ ३१ गते १५:०८

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।

यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो । खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् ।

जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको छ । गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजले उडान गर्दैछ ।

यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।

प्रतिक्रिया