३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २७ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे। उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमको अवधिमा सिकेका विभिन्न ज्ञान, सीप र कौशललाई उपयोग गरी कार्यक्षेत्रमा गरिने काममा परिवर्तन तथा निखरता ल्याउन सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार व्यक्त गरे ।
यस्ता किसिमका तालिम प्रहरी हुँदा मात्र नभई अवकाशपछि पनि आफ्नो क्षेत्रमा हुने विपद्जन्य घटना न्यूनीकरण गर्न समेत अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक बाल नरसिंह राणाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया