२४ घण्टामा ६३ जनामा सङ्क्रमण पुष्टि
मेरोन्यूज
२०७९ असोज १ गते १८:००

आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ ।
सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन् । यस्तै होमआइसोलेशनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेशनमा ६४, सघन उपचारकक्ष (आइसीयू)मा २० जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन् ।
सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया