२४ घण्टामा ६३ जनामा सङ्क्रमण पुष्टि
मेरोन्यूज
२०७९ असोज १ गते १८:००

आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ ।
सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन् । यस्तै होमआइसोलेशनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेशनमा ६४, सघन उपचारकक्ष (आइसीयू)मा २० जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन् ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया