खोटाङमा बढ्दै डेंगु संक्रमित

खोटाङ । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जनालाई, साकेला गाउँपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका एक÷एक जनालाई डेंगु पुष्टि भएको छ ।
परिक्षणका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २५ वर्षकी महिलालाई पनि डेंगु देखिएको छ । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा नितु लामाले बताइन् ।
सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया