प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काउँदै लेबनान

बेरूत । लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ । लेबनानले हिजो शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइन पत्रिका जनाएको छ ।
घर फर्कन चाहने सिरियाली शरणार्थीलाई सिरियाली सरकारले पठाएको बसमार्फत ढुवानी गरिने एल्नाशराले बताएको छ ।
यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेड क्रसको सहकार्यमा गरिनेछ । उनीहरूलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिनेछ ।
एल्नाशराका अनुसार शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना छ । “यदि कुनै अवरोध उत्पन्न भएन भने निर्देशनालयले करिब एक वर्षभित्र दुई लाख सिरियालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ ।
जुलाई ४ मा लेबनानका शरणार्थी मामिला मन्त्री इसाम चाराफेद्दीनले लेबनान सरकारले मासिक रूपमा १५ हजार विस्थापित सिरियालीहरूलाई उनीहरूको मातृभूमिमा फर्काउने बताए ।
लेबनानी अधिकारीहरूले लेबनानले यस विषयमा अन्तर्राष्ट्रिय स्थितिको परवाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् । शरणार्थीहरूको उल्लेखनीय सङ्ख्याको उपस्थितिले देशको अर्थव्यवस्थामा ठूलो असर पारेको छ र यो समस्यालाई थप जटिल हुन नदिन विस्थापित सिरियालीलाई स्वदेश फिर्ता गर्नु बिलम्ब गर्न नहुने उनले बताए ।
जनसङ्ख्याको हिसाबले हेर्दा विश्वको सबैभन्दा धेरै शरणार्थीहरूलाई लेबनानको आश्रय दिएको छ । त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको सरकारको अनुमान छ । राससरसिन्ह्वा
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया