डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग
मेरोन्यूज
२०७९ असोज ३ गते १७:४८
काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।
संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।
सम्बन्धित











बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
प्रतिक्रिया