एमालेबाट समानुपातिकमा सबै नयाँ अनुहार बन्द सूचीमा

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा पदाधिकारीबाट कोही पनि परेका छैनन । यसपटक एमालले तय गरेको मापदण्डका कारण पदाधिकारीबाट कोही पनि नपरेको स्रोतको दावी छ ।
एमाले स्थायी कमिटीबाट एक जना रघुजी पन्तलाई सिफारिस गरेको अन्यमा पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुबाट सिफारिस गरेको स्रोतले जनाएको छ । एमालेको केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेताबाहेक सबैलाई नेताहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ ।
जसमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू समानुपातिकको बन्द सूचीमा परेको स्रोतले जनाएको ।महिलातर्फ नैनकला थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू रहेको एक सदस्यले बताए । त्यस्तै बाग्लुङका थापा माओवादी केन्द्रबाट आएका नेता हुन् ।
रिजाल एमाले केन्द्रीय कार्यालयका पूर्वसचिव हुन् । नैनकला थापा पूर्वसञ्चारमन्त्री हुन् । उनी उपाध्यक्ष रामबहादुर थापाको पत्नी पनि हुन् । यस्तै सिन्धुलीकी कोइराला केन्द्रीय सदस्य हुन् भने सुनिता र मेनुका विद्यार्थी नेतृ हुन् ।
एमालेले यसपटक समानुपातिकबाट सबै नयाँ अनुहारलाई पठाएको स्रोतले जनाएको छ ।

















आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया