नेकपा (एस) खोटाङ जिल्ला कमाण्डले थाल्यो निर्वाचनको तयारी

खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । ७९ वडाका दुई जना प्रतिनिधि पर्नेगरी निर्वाचन परिचालन मूल समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव राजन आचार्यले बताए ।
यस्तै, निर्वाचन सम्बन्धी प्रतिबद्धता–पत्र तयार पार्नका लागि केन्द्रीय सदस्य एवं पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला कमिटीका पदाधिकारी, १० पालिका इन्चार्ज, विज्ञ सदस्य रहेको कार्यदल बनाइएको छ । बैठकले आर्थिक विभाग प्रमुख एन्टी शेर्पाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ । आर्थिक व्यवस्थापनका लागि खोटाङ–काठमाडौं सम्पर्क मञ्चलाई पनि परिचालन गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले दसैँ तिहारको अवसरमा घटस्थापनाको दिन जिल्लाका सबै पालिकामा शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी गरेको छ ।

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया