अनसनरत डा.केसी थप उपचारका लागि काठमाडौं आउँन तयार

धनगढी। सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ । अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।
सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौं ।’
उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।
समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उनी २०औं पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।

















प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया