सेती अस्पतालमा उपचारमा सास्ति पाएको गुनासो पछि स्वास्थ्यवस्था बुझ्न बिरामीको घरमै पुगे : सदस्य भट्ट

धनगढी । सेती प्रदेशीक अस्पताल धनगढीका व्यवस्थापन समिति सदस्य दिल्लाराज भट्टले एक मिर्गौला पीडितको घरमै पुगेर भेटेका छन् । केही दिन पहिले डाइलायसिस सेवाका लागि अस्पताल आएका बिरामीले अस्पतालमा उपचारको क्रममा समस्या भोग्नु परेको भन्दै गुनासो गरेका थिए ।
उपचारको लागि बिरामीको साथ आएकी उनकी दिदीले उपचारको क्रममा समस्या भोग्नु गरेको भन्दै रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सामाजिक सञ्जालमा अस्पतालमा उपचार गर्ने क्रममा शास्ती भएको भन्दै सेवाग्राही रोएको भिडियो आफूले देखिपछि ठेगाना पत्ता लगाएर भेट्न घरमै पुगेको सदस्य भट्टले बताए ।
मिर्गौला रोगबाट पीडित भएर विगत एक वर्षदेखि नियमित हप्तामा दुई पटक डायलाइसिस गराइरहेका कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का २५ वर्षीय एक युवकको घरमै पुगेर भट्टले बिरामी र उनका आफन्तसँग भेट गरेका हुन् । उनले स्वास्थ्य लाभको कामना गर्दै बिरामिकि दिदीलाई सोधेका थिए, ‘सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा रोएको भिडियो सामाजिक सञ्जालमा निक्कै भाइरल भएको देखे । मैले तपाईंलाई चिनेको थिइन । तपाईंको ठेगाना पत्ता लगाएर आएको हुँ । त्यो दिन समस्या के भएको थियो । तपाईंले अस्पतालमा उपचारको क्रममा के समस्या भोग्नु परेको थियो ।’
जवाफमा बिरामीकी दिदीले भाइको उपचाको क्रममा अस्पतालमा निकै समस्या भएको बताएकी थिइन् । ‘भाइको डायलाइसिस गराउन जाँदा अस्पतालको फार्मेसीमा औषधि छैन भनियो । बाहिर पनि औषधि पाइएन,’ उनले भनिन् ।
बाहिरबाट भित्र जान भन्ने र भित्रबाट बाहिर जान भन्ने गरेकाले आफूले निकै सास्ति खेपेको उनको गुनासो थियो । पहुच हुनेहरूले आँखै अघि औषधि लगेको देख्दा पीडा भएको उनले बताइन् ।
जवाफ भट्टले आफूहरू आएको धेरै नभएको र अस्पतालका कमजोरी सुधार गर्दै लगिने प्रतिवद्धता जनाएका थिए । उनले अस्पताललाई जनमैत्री बनाउन आफूहरू निरन्तर सक्रिय रहेको बताएका थिए । उनले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने भन्दै क्षेमायाचना गरेका थिए ।
यसरी समस्या भएको थाहा पाएर अस्पताल व्यवस्थापन समितिकै सदस्यले घरमा आएर स्वास्थ्यवस्था बुझ्दा खुसी लागेको बिरामीका आफन्तले बताएका थिए । उनले सुधारका लागि यसरी तदारुकता देखाउँदा अस्पतालको व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया