एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।
यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागु हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् ।
१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र रु ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु संचालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ ।














एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया