पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताए ।
बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताए। उनले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताए। उनले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताए ।
उनलेभने,‘ जुन देशमा बैंकमा पैसा राखेर १४ देखि १५ प्रतिशत आम्दानी दिन पाइन्छ । त्यो देशमा उत्पादन सम्भव होला पक्कै पनि हुँदैन । हाम्रो यही समस्या हो । यो समस्यालाइ हल गर्नुछ । उद्योगमा लगानी गर्दा १० प्रतिशत आउँछ । बैंकमा राख्दा १३ प्रतिशत आउँछ भने उद्योगमा किन लगानी लगाउने जग्गामा लगायो भने दुई गुणा आउँछ । अब नीति बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने छ । अर्को हप्तासम्म सबै निकायसँग छलफल गरेर बैंकको ब्याज बढेको विषयमा समाधान गर्नेछौं ।’
अर्थमन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताए । उनले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन शुरु भएको बताए । उनले समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताए । उनले नेपाल पनि विद्युतीयसवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताए ।














एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया