मंगलबार, फागुन १२, २०८२

राष्ट्रपति भण्डारीविरुद्ध परेको रिटमा सुनुवाइ भएनन्

मेरोन्यूज २०७९ असोज ७ गते १६:५७

काठमाडौँ । नागरिकता प्रमाणीकरणसम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ रोकिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा उक्त विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।

Advertisement
nepal life insurencenepal life insurence

निवेदनमा शुक्रबार सुनुवाइ हुन नभएको हो । यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले अर्को पेशी तोकेको छैन ।

संसदको दुवै सदनबाट पारित गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गरेकी थिइनन् ।

उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै रिट दर्ता भएको हो ।

प्रतिक्रिया