आमाको हत्या गर्ने अभिनेतालाई जन्मकैद

काठमाडौँ । हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो । अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठहर्याएको थियो ।
‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए । घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए । उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए । भिडियोमा लासको छेउमा उभिएर आफूले आमाको हत्या गरेको उल्लेख गरेका थिए ।
समाचारअनुसार आमाको हत्यापछि उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको हत्याको योजना बनाएका थिए । उनले यो कुराको दाबी आफ्नो डायरीमा गरेका छन् । तर उनले यो काम नगरी प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।















सुनको मूल्यले आज पनि रेकर्ड कायम्, कतिमा हुँदैछ काराेबार ?
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया