डेंगु रोकथामको लागि जनचेतना एनआरएनएले कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतवार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो ।
नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।
एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ ।
कार्यक्रममा डा. प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आआफ्ना भनाईहरु राख्ने छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया