पहिरो पन्छाइयो, महाकाली लोकमार्ग सञ्चालन
काठमाडौँ । महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलंगा सडक खण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ ।
दार्चुलाको गोकुकेश्वर खलङ्गा सडक खण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए ।
स्काइभेटर र लोडरले पहिरो पन्छाएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु आ–आफ्नो गन्तव्यका लागि चल्न थालेका छन् । लोकमार्ग अवरुद्ध हुँदा दार्चुला काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए ।
उक्त क्षेत्रमा पहिरो आएर फेरि सडक बन्द हुने सम्भावना रहेको छ । सडक डिभिजनका सुपरभाइजर राजेन्द्रसिंह धामीका अनुसार सडक भासिएको ठाउँमा तलतिर पर्खाल लगाउन नमिल्ने भएको कारण ब्याक कटिङ गर्नुपर्ने र कटिङ गरिसकेपश्चात् सडक पूर्ण रूपले सञ्चालन हुने बताए ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया