अमेरिकाले रुसलाई भन्यो – आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौ

एजेन्सी । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् ।
‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए । जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ ।
पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया