डेंगी संक्रमित २५ हजार ५४३ पुग्यो, मृतकको संख्या ३२

काठमाडौं । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगे देखाएको छ ।
महाशाखाको अहिलेको तथ्याङ गर्दा सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ ।
संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ । नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् ।















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया