मंगलबार, फागुन १२, २०८२

मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार

मेरोन्यूज २०७९ असोज ११ गते ९:५२

गोरखा । मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार, सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको बताए।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज बिहान थप ९ जना घाइतेको उद्धार गरिएको हो।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो। आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ। उनीहरूलाई कपनस्थित कोरोना अस्पताल लगिएको उनले बताए।

एउटा शव हिम पहिरोस्थलबाट तल सामागाउँमा झार्ने तयारी भइरहेको छ। शव पनि हेलिकप्टरबाट परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउँछौं,’ उनले भने।

सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो। आज बिहानदेखि मौसम खुलेकोले हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरिएको उनले बताए।

प्रतिक्रिया