हेल्थ असिस्टेन्ट संघले स्वास्थ्य केन्द्रको दरबन्दी सुधार गर्न माग गदैं स्वास्थ्य मन्त्रीलाई बुझायो ज्ञापन पत्र

काठमाडौं । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ । मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए ।
उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए । उनले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे । ज्ञापन पत्र बुझाउँदै उनले भने ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९/०६/०४ गतेको माननीय मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहमा रहने आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन मात्र नभई योग्यताकै धज्जी उडाउँदै संवैधानिक निकाय लोकसेवा आयोगको प्रक्रियालाई समेत चुनौती हुनेगरी एकेडेमिक कोर्ष अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोग मार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुको मानमर्दन हुने केहि निहित स्वार्थ बोकेका व्यक्तिहरुको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन । यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्ने लगायत उपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा छलफल गर्ने र त्रुटी भएको ठाउँमा सच्याउने आश्वासन पनि दिऐ । उनलेभने – ‘यहाँहरुले भने अनुसारको के रहेछ, हामी गम्भिर ढंगले बसेर छलफल गर्नेछौँ । त्यसलाई केलाउने छौँ । त्रुटी भएको रहेछ भने सच्याइनेछ । बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला । ध्यानाकर्षण गराउनुभयो हामी छलफल गर्छौं ।’











कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
प्रतिक्रिया