पार्टीलाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए ।
‘आ आफ्नो गृह जिल्ला पुगी बडादसैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ, पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उनले भने ।

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया