२५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञ मान तुलाधरले ५ स्वर्ण र १ रजत, युवान लाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञ मान तुलाधर, युवान लाल श्रेष्ठ र सनिल कुमार थापा मगरले फ्रि स्टाईल रिलेमा १ स्वर्ण पदक प्राप्त गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारी स्वरूप नेपाल पौडी संघको आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया