युद्ध र जलवायु परिवर्तनले खाद्य संकट उच्च
काठमाडौँ । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा संकटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य संकट बढ्दै गएको पाइएको छ ।
विश्वमा अहिलेका तुलनामा आगामी दिनमा खाद्यान्नको संकट बढ्दै जाने देखिएको चेतावनी संगठनले बुधबार दिएको हो । विश्वमा अहिले खाद्यान्न संकटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।
त्यसका विभिन्न कारणहरू छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन कारक रहेको सो संगठनले जनाएको हो ।
विश्व खाद्य संगठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताएका हुन् । उनले यसअघि पनि विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य संकटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताए ।
उनले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न संकट बढ्दै गएको बताए । यी दुई देशका युद्धले विश्वमा अन्य देशमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि संकट बढेको बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया