करेन्ट लागेर एकको मृत्यु
मेरोन्यूज
२०७९ असोज १४ गते २१:५७

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया