इरानमा एक युवकको मृत्युलाई लिएर विरोध हुँदा १९ जनाको मृत्यु
काठमाडौँ । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ ।
प्रहरी र प्रदर्शनकारीका बीच भएको झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ । कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ ।
इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो । इरानको सुन्नी अल्प सङ्ख्यकका उपासकले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।
मस्जिदभित्रबाट खिचिएको एउटा भिडियोमा उपासक बाहिर निस्किँदै गर्दा बाहिर पड्किएको आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया