विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्यक्ष अन्ना बजेर्डेले भन्नुभयो, “युक्रेनमा विनाश, क्षति र विस्थापनको सङ्ख्या अनपेक्षित छ र यो अझै बढ्दै गइरहेको छ ।”
“युक्रेनी जनताको पुनरुत्थानको लागि लामो बाटो छ र विकास साझेदारहरूले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न एक साथ आउन जारी राख्नुपर्छ ।
विश्व बैंकको अनुमानअनुसार युक्रेनको पुनर्निर्माण र पुनस्र्थापनाको लागत आगामी तीन वर्षमा १०० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
युक्रेनका लागि आपतकालीन कोषका लागि करिब १३ अर्ब अमेरिकी डलर परिचालन गरिसकेको र त्यसमध्ये ११ अर्ब अमेरिकी डलर वितरण भइसकेको बैंकले जनाएको छ ।
अमेरिकी संसद (कङ्ग्रेस)ले युक्रेनका लागि १२ अर्ब ३० करोड अमेरिकी डलरको नयाँ सहायता प्याकेज स्वीकृत गरेको छ, जसमा तीन अर्ब ७० करोड अमेरिकी डलरका सैन्य उपकरण पनि समावेश छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया