विजया दशमीको अवसरमा खस भाषाको लघु चलचित्र ‘विलय’

अछाम । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा अछाममा नेपाली लघु चलचित्र विलय प्रदर्शन गरिने भएको छ। चलचित्र विलय अछामका विभिन्न ठाउँमा प्रदर्शन गरिने निमार्ण टिमले जनाएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा छायांकन भएको लघु चलचित्र विलय खस भाषामा निर्माण भएको छ।
लघु चलचित्र विलयका निर्माता इराकु लामा, सृजना रोकाया, दुर्गा देवी रोकाया, महेश खड्का रहेका छन् भने निर्देशक प्रविन रोकायाले गरेका छन्। लघु चलचित्र वियलमा कलाकार श्रीजना स्नेही, निल गगन रोशन सिंह, सरोज खड्का, जीवन जंग थापा लगाएत स्थानीय कलाकारहरु रहेका छन्।
लघु चलचित्र विलयको छायाँकार नारायण जि. सी., संगीत कोविद बज्र, ध्वनि डीजाईन अनमोल थापा र रोशन क्षेत्रीले गर्नु भएको छ भने, सम्पादन र रंग सुदिप नेपाल र अनिल महर्जनले गरेका छन् ।
चलचित्रको कथासार एक पुरुष प्रति आकर्षित भएकी एक किशोरीको आशा बिलाई जाने रहेको छ। लघु चलचित्र विलयको उद्धेश्य स्थानीय भाषा, संस्कृति, भेसभूषाको संरक्षण गर्दै स्थानीय कलाकार तथा युवाहरुलईः प्रोत्साहान गर्ने रहेको छ।
लघु चलचित्र विलय असोज १४ गते देखि असोज २५ गते सम्म मेल्लेख गाउँपालिकामा, असोज २८ र २९ गते साँफेबगर नगरपालिकाको हल र साँफेबगरमा रहेको बुढीगंगा रिसोर्टमा प्रदर्शन गरिने छ। लघु चलचित्र विलय हेर्नका लागि एक सय रुपैयाँ टीकट लाग्ने जनाईएको छ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया