परम्परा
राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”
बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीको भन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएका छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उनि बताउछन्।
“पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भैँयो, हातपाखुरा बस्न थाले”, यमलालले भने, “अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब विस्तारै यो पेसा हराउँदै जान्छ, अहिलेनै धेरै कम भएको छ ।”
उनले आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै अहिले माग बढे पनि पु¥याउन नसकेको उनको भनाइ छ । आफूहरुले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासोनै नदिँदा राडीखापी बुन्ने पेसा लोप हुँदै गएको उनले बताए । “अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अली झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरेँ तर सकिन, चासोनै दिएनन्”, उनले भने, “मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने ।”
तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ । उनले भने, “हराउन थाल्यो यो पेसा, अब कसरी बचाउन सकिन्छ र ?, अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी दुई÷चार जनाछौँ गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हाम्ले जेनतेन बुनिराखेका छौँ ।”
राडीखापी बुन्न भेडाको ऊन अतिआवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उनको भनाइ छ । पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमेलासमेत नलाग्ने उहाँको भनाइ छ । नयाँ पुस्ताले सिक्न चाँहे आफूले निःशुल्करुपमा सिकाउने उनि बताउछन् ।
“राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए ।”
कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै सङ्कटमा पर्ने देखिन्छ । भेडाको रौँलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्ष यता जिल्लामा कम मात्रैमा देखिन्छ । बागलुङमा उत्पादन हुने राडीपाखी खास गरी गुल्मीको रिडीमा लाग्ने माघेसङ्क्रान्ति मेलामा बढी बिक्री हुन्थे । बागलुङबाट यस बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पु¥याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताए ।
“रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गथ्र्यो, अहिले पनित्यो मेला लाग्छ, उति बेला हामीहरु गाउँका १०÷१२ जनाएक वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौँ, अहिलेको जस्तो मोटरबाटोको सुविधा थिएन, त्यहाँ पुग्न झण्डै चार दिन लाग्थ्यो”, उनले भने, “त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला रु दुई÷तीन लाख लिएर आउँथ्यौँ, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो ।”
उहाँले एउटा राडी तयार गर्न पाँचदेखि १० दिनसम्म लाग्ने सुनाउनुभयो । ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कमभएको उनको भनाइ छ । घर्तीमगरले एउटा राडीलाई सामान्य रु सात हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताए । राडीपाखी बलियो र वर्षौं टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कमभएको तमानखोला उनले बताए । अहिले बजारमा सिरक, डसनालगायत सबै खाले फ्रेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोगसमेत कम हुँदै गएको उनको भनाइ छ । उनले भने,“हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो ।”
राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बूढापाकाले चिन्ता गर्न थालेका छन् । गाउँले जनजीवन र जीविकापार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण सिर्पाली बताए । उनले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिए ।
“राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको सङ्ख्यानै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्नसके यो पेसा लोप हुने थिएन”, उनले भने ।
















बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
Seven academicians to get Bijaya Malla Nai Shatabdi Puraskar
30 days left for HoR polls: EC removes 76 candidates from PR list
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया