सोमबार, माघ १२, २०८२

नवलपरासीबाट दुई थान भरूवा बन्दुक बरामद

मेरोन्यूज २०७९ असोज १७ गते २१:२०

नवलपरासी (पूर्व) । मध्यविन्दु नगरपालिका-१३ स्थित मैनाघाट जंगलबाट एकनाले भरूवा बन्दुक २ थान र बारूद १ सय ग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उक्त जंगलमा वेवारिसे अवस्थामा उक्त बन्दुक र बारूद फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया