भारतले निर्यात सहमति नदिंदा दैनिक ८०० मेगावाट विद्युत खेर

काठमाडौं । दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ ।
दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो ।
प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत खेर जाने अवस्था आएको हो ।
‘एक सय ११ मेगावाट निर्यात अनुमतिका लागि पठाएको धेरै भयो, सहमति दिनका लागि औपचापरिक र अनौपचारिक रुपमा धेरै कुराकानी भइरहेको छ, छिट्टै दिन्छौं भन्ने जवाफ आउँछ तर अहिलेसम्म सहमति पाउन सकिएको छैन, यसले गर्दा दैनिक करौडौं रुपैयाँ नदीमा फाल्नु पर्ने दुस्खद अवस्थाआएको छ,’ प्राधिकरण विद्युतव्यापार विभाग स्रोतले भन्यो ।
प्राधिकरणले सुरुमा ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
त्यसपछि ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानीआइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो ।
थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२।७ मेगावाट विद्युत निर्यातका लागि प्राधिकरणको प्रस्ताव छ । तर, भारतीय पक्षले अहिलेसम्म सहमति दिएको छैन ।
निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेलीबी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।
















Laxman Thapa Appointed Chief Executive Officer of Ila Hotel & Resort
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया