नेपालको भ्रष्ट स्वभाबको नेतृत्वलाई छिटो र स्थायी रूपमा सुधार्ने उत्तम तरिका के हुन सक्छ ?

काठमाडौँ । मानौं नेताले कुनै कार्यक्रममा घन्टौं दर्शकलाइ कुराउनु भनेको नेतृत्वको भद्दा खराबीपन/भ्रष्टताको जड हो ! आर्थिक भ्रष्टाचार देखि शुन्य जवाफदेहिताका सयौं उदाहरण हाम्रो सामू छ जसले नेतृत्वको अबमुल्यन भएको छ, हाम्रो नेतृत्व बर्गको अबमुल्यन हुनु भनेको राष्टको सांख गिर्नु हो ! तर यसलाई कसरि सुधार्न सकिन्छ ?
१,योजना बनाउनुहोस्।
कुनै पनि समाजको गहन परिवर्तन गर्न योजना चाहिन्छ। नेतृत्व बर्गका रणनीतिक बिकास लक्ष्यहरू,रोडम्यापहरू र इनामहरू सबै अत्यधिक उत्प्रेरक हुनसक्छन। आफुलाई ट्रयाकमा रहनको लागि तपाईंले आत्म(अनुशासन कसरी कायम राख्ने ? भनेर अग्रिम निर्णय गर्नुहोस्।
२,आफ्नो बोलेका कुराहरू पहिचान गर्नुहोस्। समय बित्दै जाँदा आफ्ना खराब बानीहरूको झल्को बाक्य वाक्यमा सम्झना आउँछ-केहि परिस्थितिहरूमा अचेतन स्वच्छन्द विचारहरू बोलेका हुन सक्छौं। ती बोलीहरूले विगतका अनुभवहरूमा जरा गाडेका छन् र हामीले तिनीहरूको बारेमा सोच्दैनौं। आफ्नो बोलीहरूमा ध्यान दिनुहोस् र विकल्पहरूको बारेमा सोच्नुहोस,बोली सुधार्नुहोस।
३,खराब बानी पहिचान गर्नुहोस् र सुध्रन प्राथमिकता दिनुहोस्। तपाइँ कुन खराब बानी तोड्न चाहनुहुन्छ निर्णय गर्नुहोस्। यदि तपाइँसँग एक भन्दा बढी खराब बानी छ भने, तिनीहरूलाई प्राथमिकता दिनुहोस् र पहिले के सुधार्ने छनौट गर्नुहोस्। एकचोटि तपाईंले निर्णय गरेपछि, आफ्नो बानीको बारेमा सचेत रहन काम गर्नुहोस्। नोट गर्नुहोस ‘म कसरि बिग्रें ?’ । त्यसपछि सोच्न सुरु गर्नुहोस्। आफैलाई सोध्नुहोस् के म आफै परिवर्तन हुन सक्छु ? सक्नुहुन्छ, सम्भब छ।
४,काम फत्ते गर्ने समय सेट गर्नुहोस् । जब एक निश्चित समय सेट गर्नुहुन्छ, त्यतिबेला तपाइँको योजना वास्तविक रुपमा सुरु भएको हुन्छ र तपाइँ तयारीका साथ काम गर्न सक्नुहुन्छ। त्यसपछि जब तोकेको समय आइपुग्छ,तपाईं उत्प्रेरित,उत्साहित र सफल हुन तयार भएको महसुस गर्नुहुनेछ।
५,आफ्नो खराब बानीलाई असल बानीले बदल्नुहोस्। सामूदायिक बिकासका काम गर्दा एक बिशेष असल व्यवहार र सोचका साथ् दृढ निर्णय गर्नुहोस् त्यसले तपाइको खराब बानीलाई प्रतिस्थापन गर्नेछ। निरन्तर प्रयास गर्नुहोस, विशेष गरी सुरुमा असल बानी स्थायी हुन औसत दुई महिना लाग्छ र आफु परिवर्तन भएको मजा लिन सक्नुहुन्छ। तपाइँ परिबर्तन हुनु भनेको समाज परिबर्तन हुनु हो !
६,आफैलाई पुरस्कृत गर्नुहोस्। तपाइँको कारणले तपाईं आफै सफल हुनु भएको छ। तपाईं जति सहज हुनुहुन्छ, अरूहरु पनि तपाइको योजनामा स्वतस्स्फुर्त सामेल हुनेछन। अन्य व्यक्तिहरू स्वतः जवाफदेही हुनेछन र तिनीहरूले तपाईंलाई उत्प्रेरित गर्न र ट्र्याकमा राख्न मद्दत गर्न सक्छन्। खराब बानी तोड्न त्यति सजिलो छैन। तर यदि तपाईले आफुलाई बदल्न चाहनु भएको छ भने आफैले सिक्न सक्नुहुन्छ,खराब बानीको उत्पत्तिको विश्लेषण गर्न सक्नुहुन्छ, र परिवर्तनको लागि योजना बनाउन सक्नुहुन्छ, तपाईले आफ्नो भ्रष्ट स्वभाबहरू त्याग्न सक्नुहुन्छ।निचोडः आत्मिक रुपले आफु भित्रबाट स्वतस्स्फुर्त नेतृत्व गर्नुहोस्!
विशेष गरी नेपाली नेताहरूको लागि,असल स्वभाबरबानीरबिचाररब्यबहार हरू सफलताको द्वार हुन् तर खराबरभ्रष्ट आचरणले समस्या र चुनौतीहरूको ढोका खोल्छ१ हाम्रो आफ्नै भ्रष्ट स्वभाबको कारण हामीले समाजमा समस्याको चाङ थुपारेका छौं १ समस्या पनि हामी भित्रै छ र समाधान पनि हामी भित्रै छ ! खोइ खोजी गरेको रु तर नेपालमा नेतृत्व बर्गले आफु तर्फ नफर्केको कारण आफु पनि समस्याले थिचिएको छ समाजलाइ पनि समस्याको पहाडले थ्याच्च थिचेको छ !
आफु भित्रको आत्मिक शक्तिको खोजी नगर्नु,आफुलाई त्यागी हुनबाट निरन्तर बन्चित गर्नु, भ्रष्ट स्वभाब त्याग्न नचाहनु र स्वतस्स्फुर्त आफु नसुध्रिनु नै आजको नेपाली राजनीतिक नेतृत्वको उग्र चुनौती हो ! हेल्लो नेताजी तपाइँ सुध्रिनु भनेको समाज सुध्रिनु हो र तपाइँ बिग्रिनुरभ्रष्ट हुनु भनेको समाज भ्रष्ट हुनु हो, समाज भ्रष्ट हुनु भनेको राष्ट्र नै भ्रष्टताको भाषमा फस्नु हो !
(लेखक खिम्छन बिश्व बिद्यालय दक्षिण कोरियाका पुर्ब प्राध्यापक तथा नयाँ गाउँ अभियान (सेमाउल उन्दोङ) का अध्यक्ष हुनुहुन्छ)
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया