दाङमा मोटरसाइकल दुर्घटना, २ सशस्त्र प्रहरीको मृत्यु
मेरोन्यूज
२०७९ असोज २२ गते ८:३३

काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ३ मुसरियामा शुक्रबार राति लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बलज्वालामाई गण भालुवाङमा कार्यरत दुई सशस्त्र प्रहरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी रहेका छन् । लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिए ।
लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा डुबानमा परेका नागरिकको उद्धारमा खटिएर गणमा फर्किने क्रममा उक्त दुर्घटना भएको भएको केसीले जानकारी दिए ।
सम्बन्धित
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया