टीभीएसको नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा

काठमाडौँ । टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्टक्सनिष्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोड छान्ने सुविधासहित हलुका रहेको कम्पनीले जनाएको छ ।
योभन्दा अगाडि कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टक्सनिष्ट कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लञ्चसँगै आफ्नो छुट्टै पहिचान बनाएको छ ।
यसमा मोड चेञ्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत थुप्रै कनेक्टिभिटी फसनहरु समावेश गरिएको छ । १२५ सीसी सेग्मेण्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ ।
यसमा प्रयोग भएको एड्भान्स्ड इञ्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ । जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।
यस अवसरमा टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ, यसले ग्राहकहरूका लागि हाम्रा प्रस्ताव ल्याउन पाउँदा खुशी लागेको छ ।’
टेक्नोलोजी
यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टीभीएस स्मार्टक्सनिष्ट हो । जसलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लञ्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमाण्डहरु लिन्छ । यसले राइडरले ड्राइभ गर्दै ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्ने छन् ।
पर्फर्मेन्स
यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन इञ्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्वीचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरले पाउने छन् ।
रेस मोडमा हाइवेमा स्कुटरको स्पिड ९८ किमी प्रतिघण्टा बढाउन मिल्छ । स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ ।
स्टाइल
यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ । नामअनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् रहेको छ । साथै, स्पोर्टी रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिस देखाएको छ ।
ट्राइ टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मूल्य ती ला पाँच हजार ९०० रुपैयाँ रहेको छ ।

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया